दाङ
९-मंसिर/ घोराही उपमहानगरपालिकाले आन्तरिक राजस्व वृद्धि गर्न मंसिर १० देखि एक महिने घुम्ती व्यवसाय दर्ता तथा बहाल कर सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ ।
उपमहानगरका बजेट तथा राजस्व शाखा प्रमुख कृष्ण केसीका अनुसार ३५ प्रतिशतभन्दा बढी व्यवसाय दर्ताबिना सञ्चालनमा रहेको पाइएको छ। अभियानमार्फत व्यवसायको पुँजी अनुसार एक वा दुई आर्थिक वर्षको कर लिई दर्ता गरिनेछ। अटेरी गर्ने व्यवसायीलाई कानुनी कारबाही गरिनेछ।
राजस्व शीर्षक अन्तर्गत व्यवसाय कर, घर बहाल कर, र बहाल बटौरी शुल्कको सङ्कलन लक्ष्य पूरा गर्न अभियानले सघाउने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा ५५ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ।





