सरकारले दियो तीन प्रसारण लाइन निर्माणको अनुमती

काठमाडौं ८-कार्तिक/ सरकारले चालु आर्थिक वर्षको हालसम्म तीनवटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्त्वपूर्ण मानिएको नलगाड-मैनताडा प्रसारण लाइन निर्माण गर्न…

प्राविधिक शिक्षाले बेरोजगारी हटाउँछ: मुख्यमन्त्री आचार्य

रुपन्देही २३ साउन/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले बेरोजगारी हटाउने सुनिश्चितता दिने भएकाले शिक्षालयहरू अझ प्रभावकारी ढंगले क्रियाशील हुनुपर्ने बताएका छन्। शुक्रबार कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगरको निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले विद्यार्थीहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न वातावरण निर्माण गर्नुपर्नेमा…

सिँचाइ डिभिजनको सार्वजनिक सुनुवाई : योजनाको स्थायित्वमा जोड

दाङ २१-साउन/ जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, तुलसीपुरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गरिएको छ। कार्यक्रममा योजनाको प्रभावकारिता, स्थानीय सहभागिता, र वातावरणमैत्री विकासका चुनौतीबारे छलफल भएको थियो। डिभिजन…

आजदेखि घोराही-लमही सडकमा ठूला सवारी चल्न रोक

दाङ २१-साउन/ दाङको घोराही-लमही सडकमा आजदेखि २४ गते बिहानसम्म ठूला गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार मसोट खोला पुल मर्मतका लागि घोराही-लमही सडक खण्डमा आज बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म ठूला…

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ १ असार / लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ…

ढकेरीको भत्ताखोलामा तटबन्धन

बाँके २६-जेठ/ राप्ती सोनारी गाउँपालिका-९ मा हरेक वर्ष बाढीबाट डुबान र कटान हुने बस्ती जोगाउन भत्ताखोलामा तटबन्धन गरिएको छ। गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको क्षेत्रलाई सुरक्षित बनाउन खोलालाई जङ्गल क्षेत्रबाट तटबन्ध गरी बसन्ता खोलामा मिसाइएको हो। वडाध्यक्ष सोहनलाल थारूका अनुसार लुम्बिनी…

राम्री-कपुरकोट सडक जेठ २३ देखि असार १ गतेसम्म बन्द हुने

दाङ २०-जेठ/ दाङ-सल्यान जोड्ने राप्ती लोकमार्ग अन्तर्गत राम्री-कपुरकोट सडक खण्ड बन्द हुने भएको छ । उक्त सडक मर्मत तथा स्तरोन्नतिका लागि जेठ २३ गतेदेखि असार १ गतेसम्म सडक बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय, दाङले असार २० गते…

बजेटमा लुम्बिनी : पुरानै योजना दोहोरीए

दाङ १६-जेठ/ अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा लुम्बिनी प्रदेशका अधिकांश अधुरा तथा पुराना योजनाले निरन्तरता पाएका छन्। अर्घाखाँचीको नौमुरे बहुउद्देश्यीय (जलविद्युत) आयोजना, बुटवल मेडिकल कलेज निर्माण, बुटवल धागो कारखाना सञ्चालन सम्भाव्यता अध्ययन, कालीगण्डकी-तिनाउ डाइभर्सन…

पहिरो गएपछि दाङ-सल्यान सडक अवरुद्ध

 दाङ १४-जेठ/ पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान-दाङ खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ चोर खोलामा झरेको पहिरोले बिहानैदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान साढे ४ बजे सडक माथिबाट…

राप्ती राजमार्गको स्तरवृद्धि सुस्त, यात्रु सास्तीमा

दाङ १३-जेठ/ राप्ती राजमार्गको दाङ-सल्यान खण्डको मर्मत र स्तरोन्नति सुस्त हुँदा यात्रु तथा स्थानीयवासीले निरन्तर सास्ती खेपिरहेका छन्। १३६ किलोमिटरको सडकखण्डमध्ये हालसम्म केवल साढे १० किलोमिटरको मात्रै स्तरोन्नतिको ठेक्का लागेको छ। कपुरकोट, राम्री, तुलसीपुर क्षेत्रका केही भागमा निर्माण भइरहेको छ…