Welcome To Sitalpur Online

लुम्बिनी प्रदेश सरकार आर्थिक विकासका लागि लगानी खोज्दै

दाङ ४-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससंग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरुसंगको छलफललाई तिब्रता दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसंग…

उपनिर्वाचन : ४१० उम्मेदवारमध्ये २ जनामाथि मात्र उजुरी

काठमाडौं ४-मंसिर/ मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो…

रुकुमपूर्वमा रुख चिह्नबाट एमाले नेतृ केशकुमारीले चुनाव लड्दै

रुकुमपूर्व ३-मंसिर/ यही १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ । पालिका उपाध्यक्ष र एक वडाध्यक्षका लागि हुने उपचुनावमा दुवै दलले साझा उम्मेदवार अगाडि सारेका हुन् ।…

पालिका उपनिर्वाचन : आज उम्मेदवार विरोधमा उजुरी, भोलि नामावली प्रकाशन

काठमाडौं ३-मंसिर/ यही मंसिर १६ गते हुने पालिका उपनिर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका रहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। भोलि, मंसिर ४ गते, बेलुकी ५ बजेसम्म…

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पोख्रेलको योगदान अतुलनीय : मुख्यमन्त्री आचार्य

दाङ २-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पोख्रेल परिवारको निवास घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेल प्रति श्रद्धाञ्जली र परिवारजनमा…

अन्तराष्ट्रिय सम्मेलनमा मुख्यमन्त्रीको सम्बोधन : प्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान

दाङ २७-कार्तिक/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशको विकासमा लगानी गर्न आह्वान गरेका हुन् ।…

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्यो

काडमाडौं २६-कार्तिक/ निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई…

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं २५-कार्तिक/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस गरिनेछ। प्रधानमन्त्री अस्वस्थ हुँदा अघिल्लो हप्ताको नियमित बैठक स्थगित गरिएको थियो। आज अपराह्न प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र…

राष्ट्रिय स्वाधिनताको प्रश्न पेचिलो : प्रचण्ड

काठमाडौं २५-कार्तिक/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण रहेको बताउँदै नेपालमाथि शक्ति केन्द्रहरूको दबाब बढ्दै गएको बताएका छन्। उनले भने, “नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न अहिले अझ बढी पेचिलो र संवेदनशील बनेको छ।” प्रेस सेन्टर…

कांग्रेसका युवा नेताहरूले झापाबाट सुरु गरे संकल्प यात्रा

दाङ २४ कार्तिक / नेपाली कांग्रेसका युवा नेताहरूले झापाको मेचीनगरबाट युवा संकल्प यात्रा सुरु गरेका छन् । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको अगुवाइमा शुक्रबार सुरु भएको यात्रा पश्चिम महेन्द्रनगर पुगेर टुंगिनेछ । शुक्रबार झापाको मेचीनगरमा कांग्रेस झापाका सभापति देउवामान थेवेले संकल्प…