बारा
११ कार्तिक / अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन।
बाटोमा लडिरहेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताएका छन । यादवको हत्याबारे केही खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।