दाङ
२२-असोज/ दाङमा ५० किलो १५२ ग्राम लागुऔषध चरेस र अफिम सहित ३ जना पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षिया बिनी पुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाका अनुसार उनीहरुको साथबाट ३८ किलो ९७२ ग्राम चरेस ११ किलो १८० ग्राम अफिम, लागू औषध तौल गर्ने डिजिटल तराजु एक थान र एक थान कैचि बरामद गरेको छ ।
उनीहरु तीन जनालाई गोप्य सूचनाका आधारमा डीएसपी इश्वर थापाको कमाण्डमा खटिगएको १० जना प्रहरीको टोलीले आज दिउँसो २ बजे पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।