रुकुमपश्चिम
३ मंसिर/ रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ मा ३२ वर्षीया दिपा कुमालले आफ्नो ४० वर्षीय श्रीमान मधु कुमालको दाउराको चिर्पटले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार हत्या आज बिहान २ः३० बजे भएको थियो। दिपाले घरायसी विवादका कारण आफ्नै श्रीमानलाई चिर्पट दाउरा प्रयोग गरेर टाउकोमा प्रहार गरी उनको ज्यान लिएकी हुन्।
मृतकका छोरा खिम कुमालले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले दिपालाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानमा घरायसी विवादकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ। मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमपश्चिम ल्याउने तयारी गरिएको छ।