सुनचाँदीको मुल्यमा फेरि अर्को कीर्तिमान

काठमाडौं
११-पुस/ सुनको मुल्यमा फेरि अर्को नयाँ कीर्तिमान कायम भएको छ ।आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो । अस्ति सुनको मुल्य तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मुल्य पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको मुल्य तोलाको चार हजार चार सय रुपैयाँ थियो । अस्ति चाँदीको मूल्य तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।