कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं
२३-कार्तिक/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशित गरेको हो।

बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ७६ हजार ३ सय ६७ जना विद्यार्थीले सफलता हासिल गरेका छन्। चार जनाको परीक्षाफल रद्द गरिएको छ।

यसअघि गत साउन ११ गते प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

विद्यार्थीहरूले आफ्नो नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस पठाएर हेर्न सक्नेछन्।