गुल्मी
१६-कार्तिक/ गुल्मीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका-३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
उनले बुवा-आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।
विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए ।
धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको छ ।
दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ।






