काठमाडौं
२५-कार्तिक/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण रहेको बताउँदै नेपालमाथि शक्ति केन्द्रहरूको दबाब बढ्दै गएको बताएका छन्। उनले भने, “नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न अहिले अझ बढी पेचिलो र संवेदनशील बनेको छ।”
प्रेस सेन्टर नेपालद्वारा हेटौंडामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले अन्तर्राष्ट्रिय घटनाक्रम–जसमा अमेरिकी राष्ट्रपति चुनाव, इजरायल–हमास युद्ध, रुस–युक्रेन द्वन्द्व लगायत छन्, नेपाललाई पनि असर पुर्याएको बताए। भारत र चीन जस्ता ठूला छिमेकीको बीचमा रहँदा नेपालले राष्ट्रिय स्वाधिनता र एकतालाई सुदृढ बनाउन चुनौतिहरू झेल्नु परेको उनको धारणा थियो।
प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको र विश्वस्तरमा तेस्रो विश्वयुद्धको सम्भावना पनि रहेको औंल्याए।