Welcome To Sitalpur Online

कांग्रेसका युवा नेताहरूले झापाबाट सुरु गरे संकल्प यात्रा

दाङ
२४ कार्तिक / नेपाली कांग्रेसका युवा नेताहरूले झापाको मेचीनगरबाट युवा संकल्प यात्रा सुरु गरेका छन् । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको अगुवाइमा शुक्रबार सुरु भएको यात्रा पश्चिम महेन्द्रनगर पुगेर टुंगिनेछ ।

शुक्रबार झापाको मेचीनगरमा कांग्रेस झापाका सभापति देउवामान थेवेले संकल्प यात्राका संयोजक शाहीलाई पार्टीको झण्डा हस्तान्तरण गरी यात्रा शुभारम्भ गरेका छन् ।

नेता शाहीले भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरू गरिएको बताए ।

उनले सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरे । शाहीले सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्ने बताउँदै कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने उल्लेख गरे ।

कार्यक्रममा शाहीले भने, ‘गल्ती गर्नेहरू जेल जान्छन् यसमा आग्रह र पूर्वाग्रह भन्ने हुँदैन । हामी सरकारलाई आग्रह गर्दछौं । सहकारी बचत दुरूपयोग गर्ने जुनसुकै पार्टी भए पनि कारबाही गरिनुपर्छ । वाइडबडी, गिरीबन्धु टी इस्टेटलगायत काण्डबारे पनि यो सरकारले छानबिन गरोस् ।’ साभार: शिलापत्र