दाङ
२-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । पोख्रेल परिवारको निवास घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेल प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्याउन पोख्रेलले खेलेको भूमिका र पुर्याउनु भएको योगदानलाइ पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरे ।
‘दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ,’ उनले भने–‘समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेको छ । पार्टी महासचिव शंकर पोख्रेलका दाजु पोख्रेलको कार्तिक २३ गते ७४ बर्षको उमेरमा निधन भएको थियो ।