Welcome To Sitalpur Online

चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो: अभिनेता बराल

तुलसीपुर
७ कार्तिक / यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचार प्रसारका लागि दाङ आएको टिमसँग बुधबार एक कार्यक्रमको विच तुलसीपुरमा साक्षात्कार गरिएको हो ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र पुर्ण बहादुरको सारंगीुका कलाकार विजय बराल, मुकुन भुसाल, अन्जना बराइली, बाल कलाकार स्वयं केसी गायक प्रशान्त सेवाकोटी लगायतका कलाकारहरु सहभागी भएका थिए ।

कलाकार मुकुन्द भुसालले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए । पुर्वदेखि पश्चिम दाङसम्म आइपुग्दा चलचित्र ञपुर्ण बहादुरको सारङगीझ लिएर दर्शकहरु उत्साहित भएको उनको भनाइ थियो ।

चलचित्रको कथा अलि फरक छ खास गरेर निम्न वर्गीय समुदायमा रहेर आफ्नो छोरालाई ठुलो मान्छे बनाउने संघर्षको कथा छ उनले भने धनी र गरिबले गर्ने संघर्ष धेरै फरक छ । विपन्न वर्गीय समुदायको चलचित्र हेर्नका लागि दर्शकहरु आउनुपर्छ भनेर प्रचारप्रसारमा सहयोग गर्ने आग्रह गरेका थिए ।

त्यस्तै कलाकार अन्जना बराईलीले विपन्न समुदायको अवस्था ४० बर्ष भन्दा अगाडि के कस्तो थियो भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको बताईन । चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दाङ शाखा सचिव निरला अर्यालले गरेकी थिइन् ।