तुलसीपुर
८ कार्तिक/ दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ। दाङको लमही नगरपालिका २ रनियाँपुरमा नुहाउने क्रममा मृत्यु हुनेमा लमही २ रनियापुरकी १२ वर्षकी झरना चौधरी, १२ वर्षकी निशा चौधरी, र गढवा गाउँपालिका ४ खडकपुर हाल लमही नगरपालिका ५ लमही गल्ली निबासी वर्ष १२ कि कृष्टी चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिएका छन।
प्रारम्भिक अनुसन्धान अनुसार बालिकाहरु नुहाउने क्रममा पानीमा डुबेका थिए। घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी र बचाव टोली घटनास्थलमा पुगेका थिए। मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।