दाङ
२१-पुस/ दाङमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरुमा राप्ती गाँउपालिका-५ लठहवाका २० वर्षिय रञ्जित डाँगी र घोराही उपमहानगरपालिका-१२ सर्राका २३ वर्षिय सन्दिप पहाडी रहेका छन् ।
उनिहरुलाई पुस १९ गते राति सवा २ बजेतिर लमही नगरपालिका-५ बसपार्कमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
उनिहरुको साथबाट लागु औषध ट्रामाडोल ४२ फाइलमा ३७३ पिस क्याप्सुल बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






