रवि–बालेन मिलनप्रति हर्क साम्पाङको तीखो प्रतिक्रिया, ‘सिंहदरबार जलाउने फटाहाले प्रधानमन्त्री बन्ने सपना देखेछन्’

दाङ
१३ पुस/ धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिप्रति तीखो प्रतिक्रिया जनाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनलाई जनतामाझ जान साहस नभएको व्यक्ति भन्दै प्रधानमन्त्री बन्ने सपना देख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। साथै उनले रवि लामिछाने र बालेनलाई ‘सिंहदरबार जलाउने जोडी’को संज्ञा दिएका छन्।

फेसबुकमा लेख्दै साम्पाङले भनेका छन्,
“हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !”
उनको उक्त टिप्पणीले रवि–बालेन सहमतिप्रति राजनीतिक वृत्तमा थप तरंग सिर्जना गरेको छ।