प्युठान
२०-कार्तिक/ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा झिमरुक गाउँपालिका-१ निवासी २४ वर्षीय सन्तोष विक रहेका छन्। उनलाई प्रहरीको विशेष टोलीले घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार विकलाई बिहीबार आवश्यक कारबाहीका लागि प्युठान कारागार पठाइएको छ।






