Welcome To Sitalpur Online

स्वास्थ्य कर्मीहरुको लागी १ दिने पुनर्ताजगी तालिम

तुलसीपुर
३ मंसिर / तुलसीपुर उपमहानगर पालिकामा पोषण मार्फत जीवन रूपान्तरण परियोजना कार्यक्रम अन्तगर्त स्वास्थ्य कर्मीहरुकोलागी शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्वन्धी १ दिने पुनर्ताजगी तालिम शुरुवात भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै तुलसीपुर उपमहानगर पालिकाका नगर प्रमुख टीकाराम खड्काले पालिकालाई कुपोषण मुक्त बनाउन तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन सबै स्वास्थ्य कर्मीहरुले पहल गर्नुपर्ने र सबैको घरमा प्राकृतिक तथा अर्ग्यानिक खानामाजोड दिनुपर्ने साथै खानामा विविधिकरण भएमा स्वास्थ्यमा सुधार ल्याउन सकिने भएकोले सन्तुलित आहार र शुद्ध भोजन मार्फत नसर्ने रोगमा समेत कमी ल्याउन सकिने बताएका छन ।

उनले जीवन रूपान्तरणमा ठूलो भूमिका खेल्न मद्दत गर्ने भएकोले सबैले पोषण स्वास्थ्यमा जोड दिन आग्रह गरेका छन। त्यसतै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले पोषण कार्यक्रम लाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुलाई पनि व्यवस्थित गर्दै जानु पर्ने ,स्वास्थ्य संस्थाको वातावरणलाई पनि ब्यबस्थित गर्नु पर्ने सरसफाइ, घरायसी खानपानमा जोड तथा सेवा ग्राहीलाई गुणस्तरीय सेवा दिनु पर्नेमा स्वास्थ्य कर्मीहरुको भूमिका अहम हुने भएकोले त्यसमा पालिकाको सहयोग गर्ने बताएका थिए।

त्यस्तै जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओम प्रकाश न्यौपानेले पालिकालाई कुपोषण मुक्त बनाउन परियोजना मार्फत समुदाय स्तरमा वृद्धि अनुगमन ,नियमित जांच तथा पोषण परामर्शमा स्वास्थ्य कर्मीहरुको भूमिकाले प्रभाव पार्ने भएकोले विकट तथा लक्षित वर्ग सम्म पुगी कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै परियोजनाका लक्षित उद्देसे हरु पूरा गर्नमा र बाल मृत्यु दर , कुपोषण दर घटाउन सबैको सहयोग चाहिने भनाइ राखेका थिए।

उक्त कार्यक्रम स्वास्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्यकर्मी हरुलाई १ दिन ५ वटा सेसनमा ५ दिन सम्म सञ्चालन हुने र यो कार्यक्रम समुदाय स्तरमा महिला स्वास्थ्य स्वयंसेविका सम्म कार्यक्रम सञ्चालन हुने जानकारी गराइएको थियो।

उक्त तालिम कार्यक्रममा प्रशिक्षकको रूपमा बेस तुलसीपुरका परियोजनाका संयोजक सुरेश चौधरी , हेलन किलर इन्टर नेसनल कार्यक्रम अधिकृत अनिल केसी प्रशिक्षकको रूपमा रहेका थिए।
उक्त कार्यकममा बेस संस्था दाङका सचिव रूपलाल चौधरी , बेसका प्रशासन प्रमुख बन्धुलाल चौधरी लगायत स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रम बेस संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा तुलसीपुर उपमहानगर पालिकाको आयोजनामा भइरहेको छ ।कार्यक्रममा स्वागत मन्तव्य ओम प्रकाश न्यौपानेले राखेका थिए भने कार्यक्रमको सहजीकरण जन स्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए।