Welcome To Sitalpur Online

बाँके राष्ट्रिय निकुञ्ज प्रवर्द्धनका लागि सेनाले साइकल यात्रा गर्दै

बाँके
३-मंसिर/ नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि मंसिर १५ गते ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा आयोजना गर्दैछ। श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकको प्रमुख आयोजनामा हुने यस यात्रामा १६ किलोमिटरको दूरी पार गरिनेछ।

श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङका अनुसार कार्यक्रम ढकेरीस्थित बुच्चापुरको हात्तीसारबाट सुरू भई निकुञ्जको कोर एरियामार्फत रणबम गणसम्म पुग्नेछ। बाँके, बर्दिया, दाङ, सुर्खेत, र बुटवलका १०० भन्दा बढी साइक्लिस्टको सहभागिता रहनेछ।

निकुञ्जलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो। बाँके साइकल संघ र नेपाली सेनाको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुने जनाइएको छ।