Welcome To Sitalpur Online

मन्त्री चौधरीले गरिन् सिचाई आयोजनाको अनुगमन

प्रेमबहादुर राम्जा, दाङ
३-मंसिर/ लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सिता चौधरीले बबई गाउँपालिका अन्तर्गत पर्ने विभिन्न सिचाई आयोजनाहरुको अनुगमन गरेकी छन् । मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिचाई आयोजनाको अनुगमन गरेकी हुन् ।

बर्षाको समयमा क्षति भएका र प्रदेश सरकार मार्फत् निर्माण थालिएका विभिन्न सिचाई आयोजनाको अनुगमन गरेकी हुन् । अनुगमन गर्दै मन्त्री चौधरीले सिचाई आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री चौधरीले बबई ५ मा रहेका ट्वाङखोला रोल्पालीतरा सिचाई जल उपभोक्ता समुहको कुलो, बबरपुर सिचाई कुलो, च्याटीखोला पुर्ब हापुरे सिचाई कुलो र बबई ७ मा रहेको मठेउरी सिचाई कुलोको अनुगमन गरेकी हुन् ।

चार वटा कुलाले सयौँ बिगाहा जग्गामा सिचाई हुने भन्दै मन्त्री चौधरीले सबै सिचाई आयोजना सफल बनाउनका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाइन् । प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिचाई पु¥याउने लक्ष्य लिएको बताउँदै मन्त्री चौधरीले बबईमा रहेका ठूलो सिचाई आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

अनुगमनका क्रममा जलस्रोत तथा सिचाई डिभीजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पुर्ब अध्यक्ष भुबनेश्वर पौडेल, बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार, नोखी डाँगीलगायत स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियो ।