दाङ
२७ कार्तिक / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन चीन पुगेका छन। चीनको सिचुआन प्रान्तमा सुरु भएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गरेका थिए । सिुआयनको छेन्दुमा रहेको तियान्फु अन्तराष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री आचार्य सहित भ्रमणदलमा सहभागीहरुलाई स्वागत गरिएको छ ।
सिचुआन सरकारको बिदेश बिभागको एशिया हेर्ने थु छाङ्ग र नेपालको महावाणिज्य दुतावासका निमित्त प्रमुख कोमल बरालले अति बिशिस्ठ कक्षमा मुख्यमन्त्री आचार्यलाई स्वागत गरेको भ्रमणदलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिएका छन ।
सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न तीन दिने सम्मेलनको आयोजना गरिएको छ । मुख्यमन्त्री आचार्य आज सम्मेलनमा भाग लिने कार्यतालिका छ । मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायत ७ सदस्यीय प्रतिनिधि मण्डल भ्रमणमा सहभागी रहेको छ ।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास मुख्यमन्त्री आचार्यले लिएका छन । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।
वि सं २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।