घोराही
१२ कार्तिक / बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगर हिरासतको शौचालयमा मृत फेला परेका छन।
पचभैया शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
पचभैया र सहायक हवल्दार भरत रोका मगरलाई गत असोज २४ गते ८ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ गरिएको थियो।