बाल कलाकारको जीवन्त अभिनयसहित ‘पैसा फल्ने बुटो’ सार्वजनिक

दाङ
२२ साउन/ गायक तथा संगितकार नरेश खातीको नयाँ गीत ‘पैसा फल्ने बुटो’ सार्वजनिक भएको छ। आर्थिक अभावका कारण आम मानिसले भोग्नुपर्ने तनावलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा गायक नरेश खाती र गायिका रचना रिमालको आवाज सुन्न सकिन्छ। गीतमा नरेश खातीकै शब्द र संगीत छ भने संगीत संयोजन सुनिल परियारले गरेका छन्। गीतको मिक्सिङ विनोद परियालले गरेका हुन्।

‘पैसा फल्ने बुटो’ गीतको भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोमा नरेश खातीसहित उज्जवल गिरी, सञ्जना गुरुङ र रचना न्यौपानेले अभिनय गरेका छन्। विशेषतः बाल कलाकार आरुषी कार्की, युनिश घिमिरे र सुजल रसाइलीको अभिनयले भिडियोमा जीवन्तता थपेको छ।

जेरी भण्डारीको निर्देशन र विकास धमलाको सम्पादन रहेको म्युजिक भिडियोले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। नरेश खातीकै मौलिक प्रस्तुतिमा तयार पारिएको यो गीतले आर्थिक चुनौती र त्यसको मानसिक असरलाई सन्देशमूलक ढंगमा दर्शाउने प्रयास गरेको छ।https://youtu.be/7NIiaG2PXwE?si=Y1Rfz019ZBJ2VEB2