काठमाडौं
२८-कार्तिक/ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई सरकारी दक्षता सुधार र खर्च कटौतीको उद्देश्यले गठन गरिएको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन्। यो औपचारिक क्याबिनेट पद भने होइन।
राष्ट्रपतिको चुनावमा ट्रम्पलाई समर्थन गरेका मस्कले अब सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन सघाउनेछन्। डिओजीईमा भारतीय मूलका विवेक रामाश्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन्।
जारी विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनी प्रशंसा गरेका छन्।