Welcome To Sitalpur Online

आजको राशिफल: २०८१ कार्तिक २९ गते बिहिवार

कार्तिक २९ गते बिहिवार कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि अश्विनि नक्षत्र
नेपालमा सूर्योदय ६ः२५ सूर्यास्त ५ः१०

 

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

नयाँ कामको शुरुवात छ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । आत्मा विश्वासमा वृद्धि रहनेछ । घर परिवारको जमघटमा समय वित्ने देखिन्छ ।

        वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बन्नै लागेको काममा वाधा रहनेछ । घराँयसी खर्चमा बृद्धि रहनेछ । बाहिरी कार्य वाट लाभ रहनेछ । समय लाई चिनेर अगाडि बढनु उपयुक्त होला ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केहि समय पहिले रोकिएका कामहरु वन्नेछन । आयआर्जनमा सफलता रहनेछ । व्यापार व्यवसाय गर्नेहरुका लागि ठिकै समय रहेको देखिन्छ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार व्यवसाय गर्नेहरुको लागि समय ठिकै रहला । रुचिको काममा समय दिनु पर्ने देखिन्छ । कामको क्रममा बिभिन्न व्यक्तिहरु सँग भेटघाट बढनेछ ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक काममा मन जानेछ । सेवा भावमा मन जानेछ । कार्यहरु समयमै पुरा नहने देखिन्छ । धार्मिक एवम परोपकारी काममा लाग्ने समय देखिन्छ ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । काम बिग्रिने सम्भावना रहेको हुँदा सावधानि पूर्ण तरिकाले अगाडि बढनु होला । कार्यमा वाधा रहनेछ ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोचे अनुसार कार्यमा सफलता नरहन सक्छ । आफन्तमा असमझदारी हुन सक्छ । खर्चमा बृद्धि रहनेछ । बोल्दा बिचार गरेर अगाडि बढनु होला ।

वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समस्या लाई हल गदै अगाडि बढनु होला । आन्तरिक कार्यलाई गोप्य राख्नु होला । प्रतिस्पर्धामा सफलता छ । रोकिएका कामहरु बन्ने देखिन्छ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भौतिक सामागी्रको अभाव हनेछ । समयलाई बझेर अगाडि बढनु होला । परिस्थिति सँग जुधेर अगाडि बढनु होला । अरुको लागि समय खचिनु पर्नेछ ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरुको काममा वढि समय दिनु पर्ने । समय केहि प्रतिकुल रहनेछ । साझेदारी कार्यमा समस्या रहनेछ । आफनो कामलाई गोप्य राख्नु होला ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)

गरिएको कार्यको पूर्ण सफलता रहनेछ । उधोग व्यापार व्यवसाय गरेकालाई सफलता छ । कार्यमा साथ र सहयोग गर्नेहरु प्रशस्त्र भेटिनेछन । दैनिक कार्य ठिकै छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

कार्य गर्ने शैलि नमिल्दा समस्या रहनेछ । बिगतको कार्य बाट सामान्य लाभ रहनेछ । केहि बादविाद पर्ने हुँदा सावधान भएर अगाडि बढनु होला ।

वास्तु ज्ञान

                                       पूर्वदिशामा द्धार भएका घरहरु शुभ मानिन्छ ।

पूर्वदिशामा द्धार भएका घरमा सूर्यको प्रभाव अधिक पर्दछ । पूर्वदिशाको स्वामी सूर्य हो । प्रकाश छर्न र अन्धकार नाश गर्नु सूर्यको स्वभाव हो । यस्तो घरमा बस्ने सबै व्यक्तिलाई ज्ञान,गुणले समृद्धि प्राप्त गर्न पूर्वद्धार उत्तम मानिएको छ । यस्तो द्धार भएको घरमा बस्ने व्यक्तिको रुचि चखिलो खाना हुन्छ । तीतो,टर्रो खानामा त्यति रुचि रहदैन ।