Welcome To Sitalpur Online

आजको राशिफल: २०८१ भदौ २९ गते शनिवार

भाद्र २९ गते शनिवार भाद्र शुक्लपक्ष एकादशी तिथि उत्तराषाढा नक्षत्र
नेपालमा सूर्योदय ५ः४९ सूर्यास्त ६ः८

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

कला, साहित्य,मनोरन्जन क्षेत्रमा सरिक भईनेछ । व्यापार व्यवसायमा लागेका व्यक्तिलाई सफलता रहनेछ । अग्रज व्यक्ति सँग भेटघाट बढनेछ ।

        वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धैर्यताको साथ अगाडि बढेमा सफलता रहनेछ । उपलव्धी कार्यको लागि स्थान प्राप्त रहनेछ । चूनौतिलाई चिदै अगाडि बढनु होला । दैनिक कार्य ठिकै छ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्यमा लाग्नको लागि केहि समय पर्खदा उपयुक्त होला । स्वास्थ्यमा हल्का समस्या रहनेछ । नियमित काम बाट सफलता रहने देखिन्छ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

छोटो र रमाईलो यात्राको समय रहेको छ । धैर्यता र बुद्धिको सहि प्रयोग बाट सफलता रहनेछ । सवारी साधन प्रयोगमा सावधानी रहनु होला ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आन्तरिक कार्यलाई गोप्य राखेर अगाडि बढनु होला । रोकिएका कामहरु सम्पादन हुनेछन । समस्या लाई हल गदै अगाडि बढनु उपयुक्त रहनेछ ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समस्या युक्त समय सँग जुढदै अगाडि बढनु होला । समय अनुुसार चल्न नसक्दा समस्या आउनेछ । खानामा सावधानी रहनु होला ।अरुको लागि समय दिनु पर्ला ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक साथ र सहयोग बाट सफलता रहनेछ । अरुको सुझाव अनुसार अगाडि बढनु होला । बिगतको कार्यले गर्दा अप्ठेरोमा परिएला ।

वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यमा हात हाल्न सकिनेछ । आफन्तको रामा्रे साथ सहयोग प्राप्त रहनेछ । प्रतिस्पर्धामा सफलता रहनेछ । थालिएको काम बाट सफलता छ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बोलि वचन गर्दा सावधानी रहनु होला । तपाईको कमजोरी माथि अरुको टिप्पनी आउन सक्नेछ । आर्थिक लेनदेनमा सावधानी रहनु बेश होला ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नबिन कार्य गर्ने समय रहेको छ । रमाईलो जमघट हुने समय रहेको छ । मिष्ठान भोजनको आनन्द लिन सकिनेछ । आर्थिक आर्जन गर्ने समय छ ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)

घराँयसी कार्यमा खर्च बृद्धिको समय रहेको देखिन्छ । बिदेश यात्राको तय गरेका लाई समय ठिकै रहनेछ । बन्नै लागेको काम रोकिने सम्भवना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

धेरै पहिला रोकिएको काम बन्नेछ । व्यापार व्यवसायमा सफलता प्राप्त रहनेछ । घरपरिवारको आवश्यकता पुरा रहनेछ । परिश्रमको राम्रो फल प्राप्त रहनेछ ।

                                                                           

                                                                                                   

                                                                                                     वास्तु ज्ञान

                                               घरमा एउटै दिशामा दुईवटा ढोका बनाउनु हँुदैन ।

यदि घरमा दुईवटा प्रेवेशद्धार बनाउनु छ भने शुभफल प्राप्त गर्नको लागि ढोकालाई पूर्व दिशा एवं पश्चिम दिशा,उत्तर दिशा एवं दक्षिण दिशामा नै बनाउनु पर्दछ । दक्षिण दिशा तथा पश्चिम दिशामै दुईवटा ढोका कदापि बनाउन हुँदैन । अर्थात भवनमा एउटा प्रवेश द्धार पूर्व दिशा अथवा उत्तर दिशामा हुन आवश्यक छ ।