Welcome To Sitalpur Online

आजको राशिफल: २०८१ भदौ २४ गते सोमवार

भाद्र २४ गते सोमवार भाद्र शुक्लपक्ष षष्ठी तिथि बिषाखा नक्षत्र
नेपालमा सूर्योदय ५ः४७ सूर्यास्त ६ः१३

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

प्रयास बाट आशा मारेको काम सफल हुनेछ । समय समस्यामय देखिएता पनि केहि काम बन्नेछन । स्वास्थ्यको लागि खानपिनमा ख्याल गर्नुहोला ।

        वृष:( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नविन जानकारी लिन पाईनेछ । आफन्त सँग रमाईलो भेटघाट हुनेछ । व्यावसायमा बिशेष लाभ रहने देखिन्छ । आम्दानीमा बृद्धि रहनेछ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बाहिरको काममा सफलता रहनेछ । व्यावसाय तथा उधोगमा लाभ रहनेछ । कार्यमा प्रतिस्पर्धा रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहला ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शैक्षिक क्षेत्रमा समय मिलाउन नसकिएला । आफनै गल्तिले गर्दा काममा कमजोरी महशुस रहनेछ । व्यवसायमा आर्थिक लाभ रहनेछ । नोकरीमा ठिकै ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय परिस्थिति अनुसार चल्न नसक्दा काममा समस्या पाईनेछ । कार्यमा गल्ति हुन सक्नेछ । अग्रज व्यक्ति सँग असमझदारी बढन सक्नेछ ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिस्पर्धामा सफलता प्राप्त रहनेछ । नयाँ काम शुरु गर्ने समय रहेको छ । सहयोगि बाट सहयोग छ । आत्मा बिश्वास पराक्रममा बृद्धि रहनेछ ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनावश्यक विवादमा नफस्नु होला । केहि समस्याहरु सामना गर्नुपर्ला । आर्थिक क्षेत्रमा भने अनुसार फल प्राप्त नरहन सक्छ ।दैनिक कार्य ठिकै छ ।

वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खानपिनमा सावधान रहनु होला ।समय अनुसार अगाडि चल्न नसक्दा समस्या रहनेछ । आत्मा बिश्वास लिन नसक्दा कार्यमा बाधा रहनेछ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने छ । भम्रणशील समय रहेको छ । खर्चमा बृद्धि रहनेछ । अनावश्यक कार्यमा समय बित्नेछ हुँदा ख्याल गर्नु ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिश्रमको उचित फल प्राप्त रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर रहेको छ । गरेका काम बाट उचित लाभ रहनेछ । आम्दानीका नयाँ क्षेत्र प्राप्त रहनेछ ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कला साहित्य क्षेत्रमा रुचि बढनेछ । अवसरहरु प्रशस्त्र भेटिनेछन । प्रेम र मित्रतामा सफलता रहनेछ । बिभिन्न व्यक्ति सँग भेटघाट हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

धेरै परिश्रम कम प्रतिफल रहने समय देखिन्छ । सोचेको केहि काम बाँकि रहेता पनि मेहनत बाट सफलता रहनेछ । समयले बाध्यतामा पार्नेछ ।

                                                                              वास्तु ज्ञान

                            शल्य चिकित्सा कक्ष अस्पतालमा पश्चिम दिशामा हुनुपर्छ ।

शल्य चिकित्सा कक्ष अस्पतालमा पश्चिम दिशामा हुनुपर्दछ । यो कक्षमा जुन बिरामीको अप्रेशन हुने हो त्यसलाई दक्षिण दिशामा टाउको पारेर सताउनुपर्दछ तथा डाक्टले उत्तर या पूर्व दिशामा मुख पारेर अप्रेशन गर्नुपर्दछ ।