काठमाडौं
३-साउन/ अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ। राष्ट्रपति बाइडेनलाई कोरोनाको लक्षणसमेत देखिएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले जानकारी दिए ।
उनकाअनुसार बाइडेनलाई अब आफ्नै निवासमा कोठाभित्र आइसोलेसनमा राखिने छ । राष्ट्रपति बाइडेनले कोरोनाको खोप प्याक्सलोभिडको पहिलो डोज लिईसक्नुभएको बीबीसीले जनाएको छ ।
अमेरिकामा चुनावी गतिविधि चर्कीरहेको बेला बाइडेन कोरोना सङ्क्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । ८१ वर्षीय बाइडेनमाथि उम्मेदवार नबन्न चर्को दबाव छ ।