दाङ
१२-जेठ/ गजलकार तथा गीतकार प्रवल विष्टको ”धर्ती र जुनको कहानी” नामक नयाँ गीत शुक्रबारदेखि बजारमा आएको छ । दाङको दंगीशरण गाउँपालिका ४ मौली स्थायी घर भएका विष्ट विगत लामो समयदेखि सांगितीक क्षेत्रमा आवद्ध छन् । गीतकार विष्टको रचना रहेको ”धर्ती र जुनको कहानी” बोलको गीतमा चर्चित गायिका अन्जु पन्त र गायक नरेश रेग्मीको आवाज तथा एसडी योगीको संगित रहेको छ ।
शुक्रबार बेलुका ५ बजेदेखि एनआर क्रियसन नामक ‘यूटुब च्यानल’बाट ”धर्ती र जुनको कहानी” बोलको गीत सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समयमा माया प्रेम देखिएको धनि र गरिब बिचको भेदभाव भन्ने बिषयमा आधारित रहेर यस गीतलाई तयार पारका छन् ।
उनले रचना गरेका प्रत्येक गीतहरु दर्शक स्रोताहरुले एकदमै मन पराउनुका साथै चर्चा हुने गरेको छ । उनले विभिन्न विधालाई टेकेर समय सापेक्ष गीतहरु रचना गर्नुका साथै दर्शक स्रोता माझ पस्कदै आएका छन् । उनले रचना गरेका गीतहरुलाई मन नपराउने सायदै कमै मात्रा भेटिन्छन् ।
दाङ जिल्लाका सान विष्टले लामो समयदेखि आफ्नो जीवन सांगितीक क्षेत्रमा व्यतित गरेका छन् । नेपाली सांगितीक क्षेत्रका चर्चित गीतकार विष्टले छ दर्जन बढी गीतहरु रचना गरिसकेका छन् । उनले दाङ जिल्लालाई मात्रै नभई देशलाई विश्व सामु चिनाउन सफल भएका गीतकार हुन् । उनको घर दाङ जिल्लामा भएतापनि विगत लामो समयदेखि उनी काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर काम गर्दै आएका छन् ।
त्यस्तै यस गीतमा शान्तिनगर ४ दाङ हाल अस्ट्रेलिया बस्दै आएका दङ्गाली गायक तथा मोडल नरेश रेग्मी र चर्चित नायिका केकी अधिकारीको अभिनय रहेको छ भने कमला विष्ट पहिलो पटक छोटो भुमिका मार्फत यस गीतमा देखिएकी छिन् ।
यस गीतलाई अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् भने चर्चित क्यामेरा म्यान हरि हुमागाइको छायाङ्कन रहेको छ ।
त्यस्तै उनले ल्याएको नयाँ गीत एनआर क्रियसनको ‘यूटुब च्यानल’मा गएर हेर्न तथा सुन्न सकिने छ ।