दाङ
२ मंसिर/ नेपाल प्रहरी श्रीमती संघको सहकार्य र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा नेपाल पूर्व प्रहरी कर्मचारी संगठन दाङले आयोजना गरेको प्रहरी परिवार पुनर्मलिन कार्यक्रम शनिबार पवित्र धार्मिक स्थल पाण्डेश्वरी मन्दीर धारापानीमा सम्पन्न भएको छ।
यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर र अध्यक्षता नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष पूर्व प्र.ना.उ. रोवरबहादुर बस्नेतले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिहरुका रूपमा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्साल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि श्री कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष श्रीमती नलिम कडायत, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्र.ब.उ. माधव श्रेष्ठ, नेपाल प्रहरी श्रीमती संघका कार्यसमिति सदस्यहरू, नेपाल पूर्व प्रहरी संगठन दाङका पदाधिकारी तथा सदस्यहरू, अमर प्रहरी परिवारजन र जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा पूर्व प्रहरी कर्मचारी, शहीद र अशक्त प्रहरीका परिवारजन र प्रहरी कर्मचारीहरू बीच पारस्परिक सहयोग, भाइचारा, सदभाव र आत्मीयता कायम राख्ने उद्देश्यका साथ विभिन्न गतिविधिहरू सम्पन्न भएका छन्।