Welcome To Sitalpur Online

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोक्यो

काडमाडौं
२६-कार्तिक/ निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको छ।

सापकोटाका अनुसार, स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिमको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरिएको हो।

कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तह र वडाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र त्यसपछि निर्वाचन व्यवस्थापनका कार्यहरू सञ्चालन हुने बताइएको छ।