Welcome To Sitalpur Online

सातबासमा खुला भलिबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत, दाङ
२५-कार्तिक/ दाङ तुलसीपुरको सातबासमा खुला भलिबल प्रतियोगिता २०८१ आजदेखि सुरु भएको छ । नवज्योती सांस्कृतिक युवा क्लब तुलसीपुर ३ ले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका हुन् ।

उद्घाट्न समारोहलाई सम्बोधन गर्दै महासचिव बस्नेतले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र आम नागरिकको चासो र चिन्तन भित्र पर्नु पर्ने बताएका छन् । खेलकुदलाई राज्यका तिन तहका सरकारले हेर्ने र बुझ्ने दृष्टिकोण फितलो भएपनि आम खेलप्रेमि नागरिकको खबरदारी, चासो र चिन्तनले सिङ्गो खेल क्षेत्रलाई माथी उठाउन सकिने उनको भनाइ छ । साथै उनले खेलकुदमा भविष्य खोजेका खेलाडीले अनुशासनको उच्च आदर्शलाई आत्मसात गर्नुपर्ने सुझाव दिए ।

क्लबका अध्यक्ष धनराज रोकाको अध्यक्षतामा भएको कार्यक्रममा खोखो संघ दाङका सचिव तथा फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरी लगातकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन धनराज थापाले गरेका थिए ।

यसैबिच प्रतियोगिताको आज सम्पन्न खेलमा रोयल ग्याङ भलिबल टिम तुलसीपुरले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक नवज्योती सांस्कृतिक युवा क्लब तुलसीपुर ३ लाई २५-२३ र २५-१६ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै रोयल ज्याङ ले बिजयी सुरुवात गरेको हो । तीन दिनसम्म संचालित प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हात पार्ने टिमलाई क्रमशः १५, १० र ५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा दाङ र सल्यान जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिए ।

साथै आयोजकले यहस् कार्तिक २७ गते हुने आफ्नो २२ औ वार्षिकोत्सब तथा हरिबोधनी एकादशी मेलामा उपस्थितिका लागि सबैमा आह्वान गरेको छ ।