Welcome To Sitalpur Online

अध्यक्ष कप क्रीकेटको उपाधी वडा न ११ लाई

लक्ष्मण बस्नेत,तुलसीपुर
१४ कार्तिक /दाङ तुलसीपुरको उरहरीमा संचालित अन्तर वडा स्तरिय अध्यक्ष कप क्रीकेट प्रतियोगिता २०८१ को उपाधी वडा न ११ ले जितेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा वडा न ९ लाई ७५ रनको फराकिलो अन्तरले पराजित गर्दै आयोजक वडा न ११ ले उपाधी चुमेको हो ।

उपाधी संगै उसले नगद ३० हजार ट्रफी मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित वडा न ९ उपबिजेतामा सिमित रहदै नगद २० हजार ट्रफी मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
टस जितेर ब्याटिङ गर्न मैदान उत्रिएको वडा न ११ ले २० ओभरको समाप्तिमा आफ्ना ५ विकेटको क्षेतिमा २ सय ३१ रन जोड्न सफल भएको थियो ।

जसमा दिनेश रावतले सर्वाधिक ४९ रनको योगदान दिए भने मनु शाह र सन्तोष रावतले क्रमशः ३९ र १३ रन जोड्न सफल भए । बलिङ तर्फ वडा न ९ का सन्दिप भुल ले सर्वाधिक ३ र रन्जित चौधरीले २ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ३२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदान उत्रिएको वडा न ९ भने १३ दशमलव ५ ओभरमा अलआउट हुँदै मात्र ५६ रन जोड्न सक्यो ।

जसमा विशाल ओलि र सन्दिप भुलले क्रमशः १३ र १० रन जोडे । बलिङ तर्फ वडा न ११ का सुशान्त शाहले सर्वाधिक ५ बिकेट लिए भने डिजन मल्ल र सन्तोष रावत ले ३ र १ विकेट लिए ।खेलमा म्याच अफ फाईनल वडा न ११ का सुशान्त शाह भए ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेस्ट ब्याट्स म्यान वडा न ९ का युवराज वलि,बेस्ट बलर वडा न ११ का डिजन मल्ल र म्यान अफ द सिरिज वडा न ११ कै सुशान्त शाह भए । उत्कृष्ट तिनै जना ले ट्रफी तथा प्रमाणपत्र हात पारे ।

कार्तिक १० गते बाट संचालित प्रतियोगितामा तुलसिपुर उपमहानगरका वडाहरुका १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको अम्पायरमा खगेन्द्र नेपाली र दिनेश पाण्डे रहेका थिए।

यसैबिच प्रतियोगिताको समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न ११ का अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री सीता चौधरी शर्माको प्रमुख आतिथ्य एवं बाफिकोट गाउपालिका रुकुम पश्चिमका अध्यक्ष जनक कुमार बाठामगर जेकेको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी माननीय मन्त्री चौधरिले मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद क्षेत्र उत्साहजनक ढंगले अगागी नबढेको बताउनु भएको छ । राज्यले खेलकुद क्षेत्रमा छुट्टाएको बजेट, हेर्ने दृष्टिकोण र आगामी तयारी लाई हेर्दा सिङ्गो खेल क्षेत्र उत्साहजनक ढंगले अगाडि नबढेको सहजै भन्न सकिन्छ मन्त्री चौधरीले भने। खेलकुदमा लगानिको आवश्यकता छ म प्रदेश सरकार समक्ष यस क्षेत्रको खेलकुदको पुर्वाधार बिकास र बिस्तारका लागि आवश्यक पहल गर्नेछु उनले भने ।

त्यस्तै विशिष्ट अतिथी बाठामगरले खेलकुद क्षेत्र लाई राज्यले स्वास्थ्य,शिक्षा जत्तिकै महत्त्वका साथमा हेर्नू पर्ने बताउनु भयो । एउटा खेलाडी राष्ट्रका लागि आफ्नो जिउ ज्यानको बाजि लगाएर खेल्छ तर राज्यले त्यसलाई स्थापित गर्ने पक्षमा कहि कतै चासो देखाउदैन यो राज्यको खेल र खेलाडी माथी गरेको अपमान हो उनले भने ।

सो अबसरमा दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सो अबसरमा बिजेता टिम तथा खेलाडि लाई पुरस्कार,ट्रफी, मेडल तथा प्रमाणपत्र गरिएको थियो ।

त्यस्तै प्रतियोगिता लाई सार्थक र परिणाममुखि बनाउन सहयोग पुर्‍याउने वडा भित्रका सुरक्षा,स्वास्थ्य,समाजसेवी ब्यक्तित्व लगाएत लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन वडा सचीव पदम भण्डारिले गरेका थिए ।