Welcome To Sitalpur Online

बाढीपहिरोले पारेको असर व्यवस्थापनमा अर्थ मन्त्रालयको गृहकार्य सुरु

काठमाडौं
२०-असोज/ अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा पारेको प्रभाव र स्रोत व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत आवश्यक हुने बताउँदै सोको व्यवस्थापनका लागि गृहकार्य गर्न निर्देशन दिइएको छ।

बाढीपहिरोका कारण निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, र व्यवसायजस्ता क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना भए पनि राहत र पुनर्निर्माण कार्यलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्न आवश्यक रहेको पौडेलले बताएका छन्।

यसअघि, अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, र एसियाली विकास बैंकलगायतका संस्थाहरूले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको प्रतिवेदन दिएको भए पनि बाढीपहिरोको प्रभावले अर्थतन्त्रलाई थप चुनौतीहरू थप्ने आशंका गरिएको छ।