Welcome To Sitalpur Online

चार लेन सडकले जनतालाई निकै सास्ती दियो, अब सरकारले आफ्नै लगानीमा काम गर्छ: महासचिव पोख्रेल

तुलसीपुर
२८ साउन/ दाङको अलपत्र रहेको घोराही-तुलसीपुर चार लेन सडक अब बन्ने सुनिश्चित भएको छ। यसअघि लामो समय अलपत्र परेको उक्त सडक अब नेपाल सरकारकै लगानीमा निर्माण हुने गरी नयाँ ठेक्का गर्न थालिएको नेकपा एमालेका महासचिव शंकर पोख्रेलका स्वकीय सचीव सरोज कुमार रेग्मीले जानकारी दिएका छन।

उनका अनुसार चालू आर्थिक वर्षभित्र ठेक्का गरिने गरी अर्थ मन्त्रालयले प्रक्रिया सुरू गरेको छ। उक्त सडकसहित दाङका अन्य विकास निर्माणका विषयमा महासचिव पोख्रेलले आज अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, अर्थ सचिव, भौतिक मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीहरूसँग छलफल गरेका छन।

महासचिव पोख्रेलले चार लेन सडकले जनतालाई निकै सास्ती भएको भन्दै `अब नेपाल सरकारले आफैं बजेट विनियोजन गरेर काम गर्ने बताए। भारतीय एक्जिम बैंकको ऋणमा भारतीय ठेकेदारले निर्माणको जिम्मा पाएको थियो। तर, निर्माण कम्पनीले काम नगरेपछि सडक अलपत्र अवस्थामा रहेछ।