Welcome To Sitalpur Online

घरले च्यापिएर ज्यान गुमाएकाप्रती उपमहानगरद्धारा शोक व्यक्त

तुलसीपुर
२० जेठ/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ रझेनीका ७० बर्षिय भगवान् खत्रीको हावाहुरीसहितको बर्षाले घर भत्किँदा भएको निधनमा उपमहानगरले दुःख व्यक्त गरेको छ ।

उपमहानगर प्रमुख टिकाराम खड्काले आज शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन। ‘ दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ शोक वक्तव्यमा भनिएको छ,‘उपमहानगरले पीडित परिवारलाई राहतको व्यवस्था गरिने छ ।’

प्रमुख खड्काले प्राकृतिक विपत वा अन्य कारणले भएको भयावह दुर्घटनाले क्षतीको सामना गर्नुपरेको भन्दै प्राकृतिक विपतको बेला बिद्युतका पोल र तारको क्षती भएको ठाउँमा मर्मतका लागि तदारुकता देखाउन बिद्युत प्राधिकरणलाई निर्देशन समेत दिएका छन ।