दाङ
९-माघ/ अत्यधिक चिसो बढेसँगै दाङको लमही नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा अत्यधिक चिसो बढेपछि बालबालिकालाई असर पुर्याउन थालेको भन्दै नगरपालिकाले पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले माघ ९ गतेदेखि माघ १२ गतेसम्म नगरभित्रका निजी र सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ ।