काठमाडौं
१७-पुस/ दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि छुरा प्रहार भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे-म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।
मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका थिए । आक्रमण गर्ने ५० वर्षका जस्तो देखिने व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सुरुमा लीसँग अटोग्राफ मागे र अचानक उनलाई छुरा प्रहार गरे ।
आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्याउँदासम्म उनी होसमै थिए ।
सामाजिक सञ्जालमा देखिएको आक्रमणको भिडियोमा ली जमिनमा लडिरहेको देखिन्छ, जहाँ मानिसहरूले आक्रमणकारीलाई रोक्न खोजेका छन् । घटनापछिका तस्वीरहरूमा ली आँखा बन्द गरेर भुइँमा सुतेको र कसैले उनको घाँटीको छेउमा रुमालले पुछिरहेको देखिन्छ ।
ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् । उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।
उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०।७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।